Breaking News :

परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल विनय विरुद्ध हत्याको मुद्दा लाग्ने

परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध हत्याको मुद्दा लाग्ने भएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार उनीसँगै हामफालेका उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ५, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए।

धादिङको बेनिघाट रोराङ-१ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन्।विनयलाई भने प्रहरीले जीवितै उद्धार गरेकाे थियाे।

merokhabarsathi

Read Previous

सौराहामा पर्यटकको सङ्ख्या घट्दै, व्यवसायी चिन्तित

Read Next

ओली–प्रचण्ड सहमति: सभामुख उम्मेदवारकाे लाग्याे टुंगो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram