Breaking News :

बीबीएल क्रिकेट; मेलवर्नकाे जितमा सन्दीपकाे १ विकेट

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्सले पर्थ स्कोर्चसलाई १० रनले पराजित गरेकाे छ।

पर्थ स्कोर्चसले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो।

मेलवर्नका लागि हिल्टन क्याटराईटले सर्वाधिक ५८ रन बनाए। यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५ र निक लार्किनले २४ रन बनाएका थिए।

१ सय ४२ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको पर्थले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ३१ रन मात्रै जोड्न सक्यो।

पर्थका लागि बेन्क्राफ्टले सार्वधिक ३२ रन जोडे। यस्तै कुर्टिस पिटर्सनले २० र लाइम लिभिङस्टाेनले १८ रन जोडे।

पर्थविरुद्ध जित हात पार्न मेलवर्नका लागि निक म्याडिनसले तीन विकेट लिए। यस्तै सन्दीप लामिछाने र कप्तान म्याक्सवेलले एक–एक विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीपले २९ रन दिएर १ विकेट लिएका थिए।

merokhabarsathi

Read Previous

महायज्ञको प्रचारप्रसारकाे लागि मोटरसाइकल र्‍याली

Read Next

अमेरिकामा गोली चल्दा चारजनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram