नेपालमै पहिलोपटक चितवनमा विवाह मेला हुने

नेपालमै पहिलोपटक चितवनमा विवाह मेला (वेडिङ एक्सपो) हुने भएको छ । दाताज इभेन्ट्सको आयोजनामा यही माघ ८ गतेदेखि ११ गतेसम्म विवाह मेला हुन लागेको हो ।

आयोजक दाताज इभेन्ट्सले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। विवाह मेला प्रदर्शनी मैदान, नारायणी नदी किनारमा हुनेछ ।

इभेन्ट्सका प्रवन्ध निर्देशक दाताराम घिमिरेले मेलामा विवाह सम्बन्धि आवश्यक सबै सामग्रीहरुको स्टल रहने बताए । उनले विवाहका लागि आवश्यक पर्ने कार्ड, व्युटिसियन, फूल सजावटदेखि सुन, चाँदीसम्मका स्टलहरु रहने जानकारी दिए । मेला खरिद विक्रीका लागि नभई जानकारी दिने उद्देश्यले आयोजना गरिएको घिमिरेले बताए ।

७० वटासम्म स्टल रहने मेलामा २० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको इभेन्ट्सले जनाएको छ । मेलामा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ।

merokhabarsathi

Read Previous

नेपाेकाे एक्सचेन्ज अफर, पुरानो दिएर नयाँ लिन पाइने

Read Next

महायज्ञको प्रचारप्रसारकाे लागि मोटरसाइकल र्‍याली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram