पर्यटक वोकेको बस र ट्रक ठक्कर खाँदा दुईकाे मृत्यु ३३ जना घाईते

चितवनः चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन् ।

भरतपुर महानगरपालिका- १ रामनगरमा आज बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक सहित ३१ जना घाइते भएका हुन् । पोखराबाट सौराहा जानका लागि आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।

ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको स्थानिय होमबहादुर मगर घरमा ठोक्किन पुगेको थियो । घाइतेमध्ये दुई जना अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज,पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

merokhabarsathi

Read Previous

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्याे, सडक एकतर्फी मात्र सञ्चालन

Read Next

विश्वकै होचा व्यक्ति खगेन्द्र थापाको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram