Breaking News :

दुई बच्चासहित एक दम्पती त्रिशुली नदीमा हाम फाले

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट बिहीबार साँझ दुई बच्चासहित दम्पती त्रिशुली नदीमा हाम फालेका छन्।

प्रहरीका अनुसार महिला मृत फेला परेकी छन् भने दुबै बच्चा बेपत्ता भएका छन्। पुरुष भने सकुशल रहेको जनाइएको छ।

६ महिना र २ वर्षका दुई छोरासहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विनय लामिछाने र उनकी श्रीमती नदीमा हाम फालेका हुन्।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ। भने बेपत्ताको खाेजि कार्य भइरहेको छ।

merokhabarsathi

Read Previous

जलाउन लागेको शव प्रहरीले लियाे नियन्त्रणमा

Read Next

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्याे, सडक एकतर्फी मात्र सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram