प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
तनहुँको देवघाट गाँउपालिका ५ कालिमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि १ प्रहरी जवान सन्जिव केसीकाे मृत्यु भएकाे छ, भने २९ जना घाइते भएका छन् ।
चितवन,तनहुँ र नवलपुरको संगमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्वरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारी घुम्तीमा दुर्घटनामा परेको हो ।
घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । गाडीमा ३४ प्रहरी सवार रहेको उहाँले बताउनुभयो ।