Breaking News :

देवघाटमा प्रहरी सवार गाडी दुर्घटना

तनहुँको देवघाट गाँउपालिका ५ कालिमाटीमा प्रहरी सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा ३० जना प्रहरी घाइते भएका छन् ।

देवघाटको माघी मेलाको सुरक्षाका लागि पोखराबाट आएको  बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।

घाइतेको उपचारका लागि भरतपुर ल्याइएको छ । दुर्घटनामा केही प्रहरी गम्भीर घाइते भएको स्थानियले बताएका छन्। घटनाको थप विवरण आउन बाँकी छ ।

merokhabarsathi

Read Previous

देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशन

Read Next

देवघाटमा प्रहरी सवार गाडी दुर्घटना, एककाे मृत्युु २९ घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram