Breaking News :

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन । मंगलवार भएको निर्वाचनबाट आगामी दुई वर्षे कार्यकालका लागी श्रेष्ठ निर्वाचित भएका हुन ।

अाैपचारिक घाेषणा नभएपनि अध्यक्ष पदमा २ हजार ५ सय ६८ मतमा राजु श्रेष्ठलाई १ हजार ५ सय ८८ र ज्ञानेन्द्रमान शाक्यलाई ९ सय ८० मत प्राप्त भएको छ । मतअन्तर अब गन्न बाँकी मत भन्दा बढी भएका कारण श्रेष्ठको जीत निश्चित भएको हो ।

संघको वस्तुगततर्फबाट दुर्गादत्त कँडेल २६, विनोद तिमिल्सिना २१, धनप्रसाद पोखरेल २८, सर्मिला न्यौपाने २० मत प्राप्त गरेर विजयी भएका छन् । उद्योग, वाणिज्य, महिला उद्यमी पदका लागि गणना भइरहेको छ । ३ हजार ७ सय ४८ जना सदस्य रहेको संघको नेतृत्व चयनमा ३ हजार १ सय ७२ जनाले सहभागिता जनाएका छन् ।

श्रेष्ठ अघिल्लो पटक अध्यक्षमा पराजित भएका थिए । निर्वाचनमा ३१ सय ७२ जनाले मतदान गरेका थिए । विद्युतीय भोटिङ प्रणाली अनुसार मतदान भएको थियो ।

merokhabarsathi

Read Previous

28 chhaugoths demolished in a single ward

Read Next

माघी मेला हेर्न देवघाट आवत जावत गर्ने यात्रु सगं तोकिएको भन्दा बढी भाडा नलिन चितवन ट्राफिक प्रहरीकाे निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram