Breaking News :

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहलाई सम्झदै

काठमाडौ एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानलाई सम्झदै आज पृथ्वी जयन्ती मनाइँदै छ ।

गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकिकरण गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ ।
आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।

नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।

merokhabarsathi

Read Previous

लाेकतन्त्र बलियो हुन मिडिया स्वतन्त्र हुनपर्छ:पुर्वराष्ट्रपति यादव

Read Next

नेपाल-भारत सिमा समस्या, भारतकाे जवाफ कुर्दै नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *