Breaking News :

महाेत्तरीमा ५ लाख लुटपाट

महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन् ।

बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरुले रु पाँच लाख नगद र कागजातसहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र  ऋणीबाट सङ्कलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीलाई मोटरसाइकल चढेर पिछा गरेकी ती दुई पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए ।

चौधरी को२८प ६९ नंको स्कुटर चढेको खुले पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन । ‘अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने ।

घटना साँझ ५ बजे आसपासमा भएको बताइएको छ । रासस

merokhabarsathi

Read Previous

पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा

Read Next

चितवनमा गैंडा मृत फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram