प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो देशका तर्फबाट नेपालमा हुने कुनै पनि कार्यक्रम जवाफदेही, पारदर्शी तथा पारस्परिक समृद्धिको सिद्धान्तमा आधारित हुने जनाएको हो ।
‘हामीले गर्ने कुनै पनि प्रकारका विकास वा अनुदानका कार्यक्रम सधैँ पारदर्शी र जवाफदेहितालाई महत्व दिन्छौं,’ मंगलबार ट्विट गर्दै नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले लेखेका छन् ।
एमसीसी परियोजनाबाट बन्ने विद्युत् प्रशारणलाइन र सबस्टेसन छुने विभिन्न १० जिल्लाका ३० गाउँपालिका, नगरपालिकामा सार्वजनिक कार्यक्रम सम्पन्न भएको दूतावासले प्रस्ट्याएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।