नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेन

संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ ।

विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ ।

सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो ।

पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भएपनि दुवै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चितजस्तो भएको छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

merokhabarsathi

Read Previous

वलु पाण्डे मगंल सेवा समाजकाे अध्यक्षमा पुन नवीन कुमार राना

Read Next

कार्यालय प्रमुखलाई सांसदको ज्यान मार्ने धम्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram