बलु पाण्डे मगंल सेवा समाजकाे साधारणसभामा रगंशालालाई सहयोग

बलु पाण्डे मगंल सेवा समाज, नेपालले अाफ्नाे साताै साधारणसभा मनाएकाे छ। भरतपुर महानगरपालिका-१६ मा रहेर सामाजिक काम गर्दै अाएकाे साे सस्थाले अाज साेहि वडामा रहेकाे प्रीन्स भिलेज रिसाेर्ट मा एक कार्यक्रम गरि साधारणसभा मनाएको हो।

सस्थाले सस्थाको साधारणसभाको अवसरमा गौतम बुद्ध कृकेट रंगशालालाई ५५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग, वडामा रहेको सबै वालविकास केन्द्रलाई स्टेसनरी सहयोग, वडामा रहेर ठुलो गाडी चलाउदै आएकी १ मात्र महिला ड्राइभर विश्नु मया तमाङलाई प्रमाणपत्र र नगद सहित सम्मान गरेकाे थियाे।

कार्यक्रममा प्रमुख अतिथी रहनु भएको भरतपुर महानगरपालिकाकि उपप्रमुख पार्वती शाहले सस्थाले समाज गर्दै आएको कामले महानगरमा नै राम्रो सकारात्मक प्रभाव पर्ने बताउदै सस्थाको प्रगतिको कामना गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय कृकेट रंगशालामा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सामाजिक काम गर्दै जान आग्रह गर्नु भयो।सस्थाका संरक्षक तथा सस्थापक वलराम पान्डेले सस्थालाइ यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुको साथै आगामी दिनमा पनि सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो।

सस्थाको सस्थागत प्रतिवेदन सस्थाका सह-सचिव सन्तोष पन्डितले पेस गर्नुभएको थियो। सस्थाको आर्थिक प्रतिवेदन सस्थाका काेषाध्यक्ष ताेरन दत्त सुवेदीले पेस गर्नु भएको थियाे। कार्यक्रममा समाजप्रेमी, सस्थाका सदस्यलगायत अन्य अतिथिको उपस्तिथि रहेको थियो।

merokhabarsathi

Read Previous

ठोरीमा हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र

Read Next

वलु पाण्डे मगंल सेवा समाजकाे अध्यक्षमा पुन नवीन कुमार राना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram