सार्वजनिक पद धारण गरेका नै अकुत सम्पत्तिमा तानिँदै

सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ ।

अख्तियारका अनुसार पछिल्लो ६ महिनामा विभिन्न क्षेत्रमा अनियमितता गर्ने २ सय जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारको स्टिङ अप्रेसनमार्फत पनि घुस लिँदालिँदै रंगेहात पक्राउ गरी मुद्दा दायर गर्नेक्रम बढाएको छ । यो समाचार आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन् ।

merokhabarsathi

Read Previous

ठेकेदारकाे लापरबाहीका कारण अझै पूरा हुन सकेन चोभार-दक्षिणकाली सडक

Read Next

अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram