Breaking News :

देशका विभिन्न भागमा वर्षा तथा हिमपात, हेर्नुहाेस् ३ दिनकाे माैसम पुर्वानुमान

आज शुक्रबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना रहेकाे छ।

केही दिनअघि नेपाल भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि दिनभर नै देशैभरको मौसम बदली हुने माैसमविदहरुले बताएका छन्। भाेलि शनिबारबाट भने मौसममा सुधार हुँदै जाने माैसमविदहरुले बताएका छन्।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

पुस १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

पुस १९ गते (शनिबार)
दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

पुस २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

merokhabarsathi

Read Previous

चक्रपथ विस्तारका लागि जग्गा अधिकरण गर्न स्वीकृति, ३५ घर भत्काइने

Read Next

उखु किसानले दिए सरकारलाई `अल्टिमेटम´:माघ ७ भित्र सम्पुर्ण रकम भुक्तानी गर्न पर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram