सिद्धबाबाले अन्य महिलाहरुलाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको फेला

बलात्कार आरोपका प्रहरी हिरासतमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले अन्य महिलाहरुलाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको फेला परेकोछ।

सिद्धबाबाले प्रयोग गर्ने ९८५२०२५८८५ नम्बरबाट अन्य नम्बरमा यौन बिषयसँग सम्बन्धित म्यासेज गर्ने गरेको भेटीएको हो। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन (सिडिआर रिपोर्ट)मा यस्तो प्रकृतीका म्यासेजहरु भेटीएका उल्लेख छ।  प्रहरी र सरकारी वकिलले पेस गरेको उक्त फाइलमाथि नै जिल्ला अदालत सुनसरीको १ नम्बर बेन्चमा बहस जारी छ।

गिरीलाई उजुरी दिनेभन्दा फरक चतरास्थित आश्रमका अन्य युवतीहरुलाई ‘यौन प्रस्ताव’ राख्ने गरेको तथ्य फेला परेको हो। उनले बोक्ने नम्बरबाटै आश्रमभित्रै रहेका केहीलाई म्यासेज गरी सुत्न बोलाइएकाे छ।

गिरीले आश्रममा आउने र बस्ने अन्य महिलालाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको म्यासेजको विवरण पनि अदालतमा पेस भएको छ। १८ र १९ अक्टोबर २०१९ मा सिद्धबाबाले आश्रममा बस्दै आएकी एक महिला अनुयायीलाई पठाएको म्यासेजमा ‘नानु आउ नुःनु गरौन, नानी काली भुण्टी आउ नुःनु गरौं’ लेखिएकोछ। प्रहरीको अभियोग पत्रमा पशुपत सिद्ध नामको फेसबुक आइडीमार्फत् ती महिलालाई म्यासेज गरेको भेटीएको छ। ‘यु आर स्वीट हाहा…’ जस्ता म्यासेज स्वयम् गिरीले गरेका छन्।

ती महिलाले गुरुलाई भेट्न खोजेको र राति साढे ११ बजे कोठामा बोलाएकाे पनि उल्लेख छ। गिरीले ‘मैले मौका दिएको बेला किन चुप?’ भन्ने म्यासेज पठाएका थिए। त्यसपछी ती महिला गिरीको आश्रमको ढोका सम्म पुगिन्। त्यहीं बेला गिरीले उनलाई ढोकाभित्र लगेका हुन्।

ढोग्दा धेरै आवज ननिकाली ढोग भन्दै गिरीले महिलाको टाउको र घाँटीमा हात लगे। हात हटाउन खोज्दा धेरैपछि ठाकुरजीको सेवा गर्न पाएकी छेस् भन्दै झापड हानेर जबरजस्ती उचाली सोफामा लगी करणी गरेको र कसैलाई भने अनिष्ट हुुन्छ भन्दै धम्की दिएको अभियोग पत्रमा उल्लेख छ।

 

merokhabarsathi

Read Previous

भ्रमण बर्षको सूरुवातको दिन भरतपुरमा पर्यटकलाई बाजागाजा सहित भव्य स्वागत (फोटोफिचर)

Read Next

मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram