चितवन जिल्लामा एक वर्षमा ९१ वटा मानवअधिकार उल्लंघनका घटना

चितवन जिल्लामा एक वर्षमा ९१ वटा मानवअधिकार उल्लंघनका घटनाहरु घटेका छन् । जसमध्य सवैभन्दा धेरै बलात्कारका घटनाहरु घटेका छन्।
इन्सेक काे प्रतिवेदन अनुसार ९१ वटा घटनाहरुमा एक वर्षको अवधिमा सवैभन्दा धेरै बालबालिका हिंसामा परेका छन् । जसमा २५ जना बालिका बलात्कारको सिकार बनेका छन्। एक बालिका सहित ४ जना बालक यौनदुर्व्यवहारमा परेका छन् । जातीय विभदमा ४ जना, हत्यामा १ महिला ३ पुरुष गरी ४ जना, नवजात शिशुमा २ छोरी १ छोरा गरी ३ जनाको हत्या भएको छ । यो वर्ष १५ जना महिला बलात्कारको सिकार बनेका छन् । ८ जनालाई बलात्कारकाे प्रयास गरिएको छ, बेचविखनमा एक बालिका सहित ६ जना महिला परेका छन् । १९ वटा बहुविवाहको मुद्धा दर्ता भएको छ । एक वर्षको अवधिमा दर्ता भएका मुद्धाहरु मध्य गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघन तर्फ १६ वटा घटना अभियोग आंशिक तथा पुरा दावी पुग्ने भनी फैसला भएकाे छ ।
जन्मदिने बुबा, हजुरबुबा, सहोदर दाजु जस्ता नाताहरु र छिमेकी, साथी तथा चिने जानेकैबाट महिला तथा बालिकाहरु बलत्कृत हुने गरेको पाइएको छ । त्यस्तै जिल्लामा १ वटा कुटपिटकाे घटना भएको छ । १ जना शिक्षाकलाई अपांग भएकै कारण हाजिर गर्न नदिएको र इच्छाकामना गाउँपालिका-२ का वडा अध्यक्ष लाई अमानविय व्यवहार भएको प्रतिवेदनमा उल्लेख छ ।

merokhabarsathi

Read Previous

समाज मानव अधिकार मैत्री छैन: रावल

Read Next

‘सिद्धबाबा’लाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram