फागुन १४ गते स्ववियु निर्वाचन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ ।यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको छ ।त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको जानकारी दिए ।२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन् । त्रिविकै बेवास्ताका कारण गत वर्ष अन्तिम समयमा आएर निर्वाच्न स्थगित भएको थियो ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।

merokhabarsathi

Read Previous

बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना, देशभर चिसो अझै बढ्ने

Read Next

डेडिकेटेड फिडरमा चरम लापरवाही, १४ अर्ब बक्यौता बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram