पर्यटन प्रवर्द्धन गर्न ठोरीमा हात्ती महोत्सव हुँदै

सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पर्साको ठोरीमा पहिलो पटक हात्ती महोत्सव आयोजना हुने भएको छ । देश नै भ्रमण बर्षमय भईरहदा पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरमा हात्ती महोत्सव हुन लागेको हो ।

ठोरीको ईतिहास मै पहिलो पटक हुन लागेको हात्ती महोत्सव यही पुस २५ गतेदेखि २९ गतेसम्म चल्ने गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले बताए । ४ दिनसम्म चल्ने महोत्सवले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउनुकाेे साथै ठोरीको पर्यटन प्रवद्दनमा सहयाेग पुग्ने अध्यक्ष श्रेष्ठकाे भनाइ छ ।

महोत्सवको माध्यमबाट पर्यटकिय सम्भावना बोकेका ठोरीको बिभिन्न क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने श्रेष्ठको विश्वास रहेको छ । ‘ठोरीमा धेरै पर्यटकिय स्थलहरु छन् उनले भने,’ तर तिनको पहिचान र प्रचारप्रसार हुन सकेको छैन । यो महोत्सवले त्यस्ता पर्यटकिय स्थलहरुको प्रचारप्रसारमा सहयोग पुग्छ भन्ने हामीलाई लागेको छ ।’

ठोरीमा प्रदेश २ कै पहिलो होमस्टे सन्चालन भएको छ भने पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारका रुपमा समेत परिचित एवम् हात्ती सवारी गरेर निकुञ्ज अवलोकन गर्न सकिने भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ठोरीमा पर्यटक भित्र्याउन ठुलो सभावाना बोकेको हात्ती र जीप सफारीमा नै महोत्सव केन्द्रित हुने उनले बताए । महोत्सवमा सुर्वर्णपुरको गडवालाइनबाट रामभाटासम्म हात्ती सवारी तथा जीप सफारी गराइने उनले जानकारी दिए ।

यस बाहेक गोले डाँडा, रानीवन, सिता गुफा, सेतो भिर, बागमुर्चामाईको मन्दिर, शिकारीबास, अग्रम बाबाको दरबार पनि ठोरीका प्रमुख पर्यटकिय गन्तव्य हुन् । यस महोत्सवले यि पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।

चार दिनसम्म चल्ने महोत्सवमा हात्ती सवारी गरेर निकुञ्ज अवलोकन गर्ने,जिप सफारी गरेर निकुञ्ज घुम्नेसँगै अन्य बिभिन्न खेलहरु हुने श्रेष्ठले जानकारी दिए । प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरु प्रस्तुती, विभिन्न साँस्कृतिक कार्यक्रम र कुस्ती प्रतियोगिता हुने उनले बताए । महोत्सवका लागि गाउँपालिकाले २० लाख बजेट बिनियोजन समेत गरिसकेको छ ।

महोत्सव सम्पन्न गर्नका लागि आज गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठको संयोजकत्वमा ०१ सदस्यीय महोत्सव आयोजक मुल समारोह समिति गठन भएको छ । समितीको सहसंयोजकमा गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङ रहेकी छिन् । यस्तै प्रचारप्रसार उपसमिति ,व्यवस्थापन उपसमिति लगायत विभिन्न समितिहरु पनि गठन भएको छ।

merokhabarsathi

Read Previous

युवाहरुकाे राेजाईमा हजार सिढी ( फाेटाे फिचर)

Read Next

प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram