Breaking News :

नारायणीमा पानीजहाजको सफल परीक्षण

नारायणी नदीमा २ सय २० यात्रु क्षमताको क्रुजसीपको सफल परीक्षण गरिएको छ।

आईतबार बेलुकी २५ जना यात्रुसहित सीपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरिएको हो। परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको कँडेलले बताउनुभयो । अब सीपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ। सीपको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको उहाले बताउनुभयो । ठ्याक्कै यति समयमा सीप तयार हुन्छ भनेर भन्न सकेका छेनौं तर सक्दो चाँडो उद्घाटन गर्ने हिसाबले काम गरिरहेका छौं’ उहाले भन्नुभयो ।

गत चैतबाट निर्माण शुरु भएको क्रुजसीप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरेको थियो। स–साना प्राविधिक कामले ढिला हुन गएकाे कँडेलको भनाई छ। अबका दिनमा भने, क्रुजसीपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीले जनाएको छ। १५ करोड लगानी गरेर बनाइएको क्रुजसीप साढे दुई तलेको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ। क्रुजसीप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ।

merokhabarsathi

Read Previous

सन्तानको रकम मातापिताको बैंक खातामा हाल्न बाध्य नपारौँ भन्नेमै सहमति

Read Next

समाजवादी र नेकपाबीच खटपट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram