कुखुरा र अण्डा व्यवसायी विचौलियाको चरम मारमा

–सुशीला रेग्मी बेझाड, ७ पुस 
कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् ।

बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा रहेको छ । बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउनुहुन्छ । “कुखुरा बिक्री गर्न लायकका छन्, १६० दिँदा पनि व्यापारीले लैजान मानेका छैनन्, दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी सङ्कटमा परेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँको फार्ममा हाल एक हजार कुखुरा छन् । करिब रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाउनुभएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित हुनुहुन्छ । उहाँले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका करिब तीन हजार कुखुरा पाल्नुभएको छ । अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उहाँले बताउनुभयो ।

merokhabarsathi

Read Previous

चावहिलमा बसको ठक्करबाट एक बिधार्थी गम्भिर घाइते, बिधार्थीले बसमा आगो लगाए

Read Next

डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram