
चितवनको भरतपुर महनगरपालिका-१६ मा नेपाली काङ्ग्रेस बिजयी भएको छ। भरतपुर १६ को वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार अमृत हमाल बिजयी भएका हुन् । यस अघि उक्त वडामा नेकपा बिजयी भएको थियो ।
अमृतले नेकपाका भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गरेका हुन्। अमृतले ३ हजार १ सय ८३ मत पाप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भक्तराजले २८७५ मत मात्र प्राप्त गरे । उक्त वडामा ६ हजार २ सय ५० मत खसेको थियो ।