
पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ४ मा भईरहेको उपनिर्वाचनमा दुई हजार ६ सय ९२ मतदाता मध्ये हालसम्म १ हजार ५ सय ५४ मत खसेको छ ।
वडा ४ को राष्ट्रिय प्राथामिक विद्यालयको मतदान स्थलमा ५९६ ,जनएकता आधारभुत विद्यालयको ‘क’ मा ५१० र ‘ख’ मा ४४८ मत खसेको हो ।
वडा नं.५ मा दुई हजार १ सय ११ मध्ये हालसम्म ९२७ मत खसेको छ । राष्ट्रिय मा वि सलौलीमा रहेको मतदानस्थलको ‘क’ मा ५४० र ‘ख’ मा ३८७ मत खसेको हो । वडा नम्बर ५ मा एउटा मात्र मतदान स्थल रहेको छ । मतदान शान्तिपूर्ण तरिकाले चलिरहेको छ । स्मरण:यसअघिको निर्वाचनमा खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको थियो ।