
मतदान केन्द्र महेन्द्र मन्दिर माबि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका २ को मतदान केन्द्रको १ सय ५० मिटर नजिकै टाइम बम बिस्फोट भएको हो ।
लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जादा बम बिस्फोट भएको हो । बम बिस्फोट भएपनि कुनै क्षती भएको छैन ।थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताएका छन् ।