Breaking News :

पोखरामा फेरि अर्को बम बिस्फोट

पोखरामा फेरि बम बिस्फोट भएको छ ।

पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै बम बिस्फोट भएको हो । यसअघि पोखरा–१६ अर्मलाको शान्ति मावी र पोखरा–३३ बागमाराको सरस्वती टीका मावी नजिकै बम बिस्फोट भएको थियो ।

बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रगरीले जनाएको थियो।घटनाबारे थप विवरण आउन बाँकी छ ।घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन ।

merokhabarsathi

Read Previous

रेलको नक्साङ्कन, स्टेसनहरु रहने सम्भावित ठाउँहरुको स्थलगत अध्ययन

Read Next

चितवनमा मतदान शान्तपूर्णरुपमा जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram