उपनिर्वाचन अपडेट

चितवन, मंसिर १४–

चितवनका तीन वटा वडामा स्थानीय तहको उपनिर्वाचन अन्तरगत अहिले निर्वाचन भइरहेको छ ।

भरतपुर महानगरपालिका वडा नं. १६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा मतदान जारी छ । विहान ७ बजेदेखि सुरु भएको मतदानामा मतदाताहरुको उत्साहजनक सहभागिता भएको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

भरतपुर १६ मा तीन वटा मतदान स्थलमा मतदान जारी छ । जसअन्तरगत विहान ९ बजेसम्ममा गाविस भवन मोहनपुर मतदान केन्द्रमा २१३ मत, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा ५१९ मत, मावि ढड्ढाघारीमा ४६० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता रहेका छन् ।
यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ४ मा ४६२ र वडा नं.५ मा २६८ मत खसेको छ । वडा नं. ४ मा दुई हजार ६९२ र वडा नं. ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

यसअघिको निर्वाचनमा भरतपुर १६ मा नेकपा, खैरहनी ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको थियो ।

merokhabarsathi

Read Previous

चितवनका तीन वटा वडामा उपनिर्वाचन अन्तरगत मतदान सुरु

Read Next

निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटेपछि विवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram