Breaking News :

पार्किङ विस्तारका लागि भरतपुर विमानस्थल १० दिन बन्द हुने

भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको हो।नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुनेछ ।

प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गर्दैछ । यो जारी भएपछि विमान कम्पनी तथा चालकहरुलाई भरतपुर विमानस्थलमा काम भइरहेको र हाल बन्द रहेको सूचना जानकारी हुन्छ ।

बुद्ध एयरका भरतपुर इन्चार्ज भक्त बस्नेतले महिनौ दिनसम्म काम गर्नुपर्ने अवस्था आएकोले बरु १० दिन बन्द गरेर भए पनि कामलाई तीव्रता दिने बिषयमा सहमत भएको बताए ।विमानस्थलको रनवे ठाउँ-ठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योती थापाले बताए ।

विमानस्थल ओभरले गर्दा ६० एमएमको पिच हुनेछ । रातिको समयमा चिसो मौसम भएकोले काम गर्न नसक्ने तथा दिउँसोमा विमानहरुका कारणले काम गर्न असहज भएकोले बन्द गरेर नै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ ।

गत वर्षकै कार्यक्रमको निरन्तरता अन्तर्गत रनवे ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावन मार्गमा ओभरले गरिएको छैन । रनवेमा विमानलाई समस्या हुँदै आएको देखेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष सुरु हुनुभन्दा अगाडि पर्यटकहरुको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए ।

७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाउन खोजिएको छ । अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैयाँ लागत अनुमान गरिएको छ ।

merokhabarsathi

Read Previous

उपनिर्वाचनका लागि तयारी पूरा, मतदाता परिचय पत्र आज वितरण

Read Next

महिलालाई आयआर्जनमा आकर्षित गर्न चितवनमा महिला उद्यमी मेला हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram