Breaking News :

चितवन उपनिर्वाचन : मदिरा बिक्री वितरण गर्न निषेध

मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै चितवनका तीन वडामा मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सुचना जारी गर्दै मंसिर १४ गते हुने उपनिर्वाचको समयमा निर्वाचन हुने तीन वडामा मदिराको व्यापारमा रोक लगाएको हो ।

मंसिर १४ गते भरतपुर महानगरपालिकाको वडा नम्बर १६, खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन हुँदैछ । यि तिनै वडा वडा र सीमानाको ५०० मिटर वरिपरीसम्म मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । यो निषेध हिजो बुधबार साँझ ६ बजेबाट १५ गते बेलुका ८ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय चितवनले उपनिर्वाचनको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै निर्वाचन हुने वडाहरुमा मंसिर १३ गते बेलुका ६ बजेबाट १४ गते बेलुका ८ बजेसम्म पाँच जनाभन्दा बढी हिडडुुल गर्न पनि रोक लगाएको छ ।

merokhabarsathi

Read Previous

चितवन उपनिर्वाचन : मौन अवधी शुरु, आजदेखी के के गर्नु हुँदैन ?

Read Next

ज्ञानेन्द्र शाही, ‘नेपालका लागी नेपाली’ अभियानबाट निस्कासित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram