प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
भरतपुर १२ मालपोतचोकमा आहार स्पाईसी किचेन एण्ड रेष्ट हाउस सन्चालनमा आएको छ ।
२ करोड भन्दा बढी लगानीमा संचालन गरिएको आहार पूर्णरुपमा व्यवसायिक होटल भएता पनि यहाँ पारिवारिक वातावरणको महसुस गर्न सकिने होटल संचालक विकास सापकोटाले बताए।
होटलमा ११ वटा एयर कण्डिसन सहित, अतिथी तथा ग्राहकहरुको लागि लजको पनि व्यवस्था रहेको सापकोटाले बताए। यस्तै फास्ट फुड र बारको पनि व्यवस्था रहेको यस होटेलमा २० जना कर्माचारीहरु कार्यरत रहेका उनले बताए । ग्राहकहरुको सहजतालाई मध्यनजत गर्दै अनलाइन बाटै कोठा बुक गर्न सकिने सुविधा समेत पनि राखिएको बताए । नेपाल भ्रमण बर्ष २०२०, चितवनमा निर्मणाधिन गौतमबुद्द अन्तरराष्ट्रिय क्रिकेट रगंशाला लगायतका योजनालाई मध्यनजर गर्दै होटल सन्चालनमा ल्याईएको उनको भनाइ छ।
व्यवस्थापक सरोज आचार्यले ग्राहकहरुमा होटलमा स्वादिष्ट परिकारहरुको मज्जा लिन सक्ने बताए । उनले थाकाली खाना र तासका पारखीहरुको लागि आहार स्पाईसी बिशेष रहेको दाबी गरे । शुभरम्भको अवसरमा केही दिनको लागि ५ सय भन्दा माथिको बिलमा १० प्रतिशत सम्मको छुटको व्यवस्था रहेको उनले बताए ।