भारतबाट साइकल यात्रामा हिडेको टोलीलाई चितवनमा स्वागत

भारतबाट साइकल यात्रामा हिडेको टोलीलाई आइतबार उद्योग वाणिज्य संघ–चितवनमा स्वागत गरिएको छ ।

भारतको कोटादेखि काठमाडौँसम्म १३१२ किलोमिटर साइकल यात्रा गर्ने क्रममा चितवनमा आइपुगेको आठजनाको टोलीलाई उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधान र चितवन राइडर्स क्लबका अध्यक्ष नविन खरेलले स्वागत गरेका हुन् । नेपाल र भारतबीच भातृत्व विकास, एकता र वातावरण सम्वर्धन गर्ने मूल सन्देश प्रवाह गर्ने उद्देश्यका साथ साइकल यात्रा गरिएको साइकल यात्राको नेतृत्व गरेका डा. गिरिश शर्माले अभियानले बताए ।  उनले भारत र एसियाली रेकर्ड राख्ने समेत बताए ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष प्रधानले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा साइकल यात्रीको आगमनले दुवै देशको पर्यटन प्रवर्धन हुने अपेक्षा गर्दै अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए।

 

merokhabarsathi

Read Previous

दुई टोलनै नेकपामा प्रवेश

Read Next

अवैध रुपमा असुलेको अतिरिक्त रकम फिर्ता गर्न मेडिकल कलेजलाई पुन: २४ घण्टाको अल्टिमेटम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram