गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा चितवनमा प्रदर्शन

अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा आज प्रदर्शन गरिएको छ।

चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थी तथा अभिभावकहरुको बृहत् प्रदर्शन भएको छ ।मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा चितवनमा आज प्रदर्शन गरिएको हो।

चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा अभिभावक र नागरिक स्वस्स्फूर्त जुलुसमा सहभागी भएका छन्। चितवनको चौबिसकोठीबाट निस्केको जुलुसले बजार परिक्रमा गरेको छ ।

विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने बताएको थियो। मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय भोलि सोमबार सकिँदैछ।

सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्। होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ । यसैगरी शनिबार कलेजको कैलाशनगर भवनको होस्टल नजिकै खेलमैदानमा पेस्तोल भेटिएको भन्दै प्रहरीले विशेष निगरानी पनि बढाएको छ । पेस्तोल कसले राखेको भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

merokhabarsathi

Read Previous

कलेज परिसरमा हतियार राख्ने जोकोहीलाई कारबाहीको माग

Read Next

धादिङमा जन्ती बोकेको बस दुर्घटना : एक जनाको ज्यान गयो, ४० जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram