प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई मध्यनजर गर्दै कसैसँग इजाजतप्राप्त कुनै हतियार भए पाँच दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनी नगरपालिका ४ र ५ नम्बर वडामा हुने उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन प्रशासनले सो निर्देशन दिएको हो । प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधलीरहित बनाउनको लागि चितवन जिल्लामा कसैसँग इजाजतलिएर राखिएका साना र ठूला हातहतियार भए नजिकैको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य बुझाउन अनुरोध गरेको छ ।