Breaking News :

चितवन राष्ट्रिय युवा संघको युवा परिचालन समिति गठन

उपनिर्वाचनमा युवा परिचालन गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्यौपानेको संयोजकत्वमा १५१ सदस्यीय युवा परिचालन समिति, चितवन गठन गरेको छ । नेकपा चितवनसम्बद्ध युवाहरुको भरतपुरमा सम्पन्न भेलाले समिति, चितवन गठन गरेको हो।

परिचालन समितिमा साविक नेकपा (एमाले) र साविक नेकपा (माओवादी) सम्बद्ध युवा संघका जिल्ला सदस्यहरु सदस्य रहने संयोजक न्यौपानेले बताए ।त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिवस पाण्डेको संयोजकत्वमा १७ सदस्यीय उपनिर्वाचन अनुगमन समिति निर्माण भएको छ ।

सदस्यहरुमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु प्रताप डल्लाकोटी, सन्तोष पनेरु, साजन अधिकारी, जिल्लाका युवा नेताहरु प्रल्हाद प्रधान, दिलीप न्यौपाने, खेमराज भट्टराई, अनिल लामा, उत्तम गुरुङ, ईश्वर रेग्मी, सविता लामा, सुशील केसी, इन्द्र भण्डारी, ऋषि रेग्मी, केदार आचार्य, रामु गोदार रहेका छन् ।

 

merokhabarsathi

Read Previous

एनसेलले २१ अर्ब लाभकर तिर्नुपर्ने: सर्वोच्च अदालत

Read Next

चितवनमा उपनिर्वाचनको तयारी तीव्र, वडावासीको घरमै पुगेर भलाकुसारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram