Breaking News :

भरतपुर महानगरपालिका ४ मा नेट फ्रेस हस्पिटल स्थापना

चितवन,मंसिर ४-

चितवनको भरतपुर महानगरपालिका ४ मा नेट फ्रेस हस्पिटल (प्राकृतिक चिकित्सालय) स्थापना भएको छ । बिना अप्रेसन प्राकृतिक तथा अन्य विधिद्धारा बिरामीको उपचार गर्ने उदेश्यका साथ चिकित्सालय स्थापना गरिएको हो । आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी चित्सिालयमा सेवा प्रारम्भ गरिएको जानकारी दिइएको हो ।

योग ध्यान जस्ता परम्परिक विधिहरको स्थापना र प्रोत्साहन गर्दै दीर्घरोगहरुको दिगो समाधानका लागि अस्पतालले सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष गोविन्द हुमागाईले जानकारी दिए । उनले भने,‘भविष्यमा यसलाई प्राकृतिक चिकित्सा शिक्षालयको रुपमा विकास गर्ने उदेश्यका साथ चिकित्सालय स्थापना गरेका हौं, त्यही अनुरुपका गतिविधि गर्दै जानेछौं ।’रोग नभई रोगीको उपचार गर्नुपर्छ भन्ने सिद्धान्तका साथ चिकित्सालय स्थापना गरेको डा. संग्राम पुरीले जानकारी दिए । मानिसको खानपिन र जिवनशैलीका कारण दैनिक रुपमा विरामीको सङख्या बढेकाले भरतपुरमा प्राकृतिक चिकित्सालय स्थापना आवश्यक भएको उनले बताए । आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने उनको भनाई छ । तीन विगाहा क्षेत्रफलमा चिकित्सालय स्थापना गरिएको हो । निकट भविष्यमा अन्य १० विगाहा थप गरेर सेवा सुविधा थप गर्न सकिने पुरीले बताए ।                           चिकित्सालयमा प्राकृतिक आहारसहितको अन्तरङ्ग सेवा, विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्राकृतिक चिकित्सा, अकुपङ्चर अकुप्रेसर थेरापी, फिजियोथेरापी, रिह्याविलिटेशन सेवा,तनाव/जीवनशैली व्यवस्थापन,योग एवं ध्यान,यौगिक क्रिया,मनोपरामर्श लगाएतका सेवा उपलब्ध हुने डा.अमित सहनीले जानकारी दिए । ढाड, कम्मर, गर्धन दुख्ने, युरिक एसिड, बाथ, हड्डी खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, पिनाश, टाउको दुख्ने, एलर्जी, दम, अनिद्रा, मानसिक तनाब, डिप्रेसन, मधुमेह, मोटोपन, उच्च रक्तचापको उपचार चिकित्सालयमा हुने सहनीले बताए ।यस्तै अपच, कब्जियत, पायल्स, भोक नलाग्ने, ग्यास्टिक, अल्सर, पेटदुख्ने र पुराना भन्दा पुराना दिर्घ रोगहरुको उपचार चिकित्सालयमा उपलब्ध हुनेछ । तीन जना चिकित्सकको नियमिति निगरानीमा उपचार गरिने अस्पतालले जनाएको छ । मेडिकल सिटीको रुपमा विकसित हुँदै गइरहेको चितवनमा पछिल्लो समय प्राकृतिक अस्पताल खुल्नेक्रम पनि बढेको छ ।

merokhabarsathi

Read Previous

वडाध्यक्ष मृत फेला

Read Next

उपनिर्वाचनका लागि चितवनमा साँझ ६ बजेसम्म मात्र प्रचार गर्न पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram