प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
भारत उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालपानी भारतकै भएकाले भारतकै रहनेमा दुई मत नभएको दावी गरेका छन् ।
नेपाली भूमि कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा राखेको भन्दै नेपालमा भइरहेको विरोधबारे उत्तराखण्डका मुख्यमन्त्रीले कालापानी भारतै हिस्सा भएको दावी गरेका हुन् ।
भारतको अमर उजाला पत्रिकाका अनुसार मुख्यमन्त्री रावतले नेपालमा भइरहेको विरोध प्रदर्शनलाई चिन्ताजनक भएको उल्लेख गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गर्दै त्यो सधैँ भारतमै रहने तर्क समेत गरे ।
उनले दुई देशबीचको मित्रता पूरानो भएकाले सीमाको समस्या दुईदेशबीच छलफलका आधारमा टुंग्याउने समेत बताए ।
तर, त्रिवेन्द्रले नेपालको कार्य संस्कृतिमाथि प्रश्न गर्दै भारतविरोधी गतिविधि नेपालको संस्कृति नभएको भन्दै सीमाको विषय उछाल्ने तत्वहरूलाई दुबै देशका सरकारले रोक्नुपर्ने बताएका थिए ।