Breaking News :

पत्रकार खेम भण्डारी पक्राउ

पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् ।

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी किशाेरी निर्मला पन्त प्रकरणमा अदालतको अवहेलना गरेको ठहर गर्दै उनलाई ‘तुच्छ सजाय’का रुपमा एक रुपैयाँ जरिवाना र एक घण्टा जेलको सजाय ताेकिएकाे थियाे। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा‍ राजेन्द्रकुमार आचार्यको एकल इजलासले गत असार ३० गते साे सजाय सुनाएको हो।

merokhabarsathi

Read Previous

खाद्य व्यवस्था कम्पनीका कर्मचारीको चरम लापरबाही:लाखौं मूल्य बराबरको चामल गोदाममै कुहियो

Read Next

नेपाल भ्रमण वर्षको स्टिकर सवारी साधनमा अनिवार्य टाँस्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram