
बेनिघाटस्थित पृथ्वीराजमार्गको खटौटी पुलमा आज आइतबार बिहान ग्यास बोक्ने भारतीय बुलेट पल्टँदा एकतर्फी रुपमा मात्र बाटो खुलेको छ ।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको पीआर ०६ जीडी १११३ नम्बरको ईन्डियन बुलेट टेन्कर गाडि आफैँ अनियन्त्रित भई गाडी पल्टिँएको हो। गाडिमा चालक र सहचालक रहेका थिए उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
पल्टिएको बुलेटबाट ग्यास लिक भइरहेका कारण नजिकैको ग्यास उद्योगबाट प्राविधिकहरु बोलाएर त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
यस्तै, अप्रिय घटना नहोस् भनेर धादिङबाट दुर्घटनास्थलमा दमकल पनि पठाइएको छ।