चितवनको रत्ननगर नगरपालिकाद्वारा विपन्न समुदायको बीमा

रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ ।

मृत्यु हुँदा रु १० लाख पाउने गरी बीमा गरिएको हो ।यसैगरी बालीनाली, घरपालुवा जनावर र घरगोठको क्षति भएमा पनि क्षतिका आधारमा बीमा भुक्तानी गरिने उनले जानकारी दिए । नगरपालिकाका प्रेस सल्लाहकार होमनाथ सापकोटाका अनुसार नगरपालिकाले रु आठ लाख, विश्व वन्यजन्तु कोषले रु आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु चार लाख र सम्बन्धित बीमितबाट रु आठ लाख भुक्तानी गर्ने गरी रु ३२ लाख बराबरको बीमा गरिएको छ ।

नगरपालिकाले वडा नं ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रका विपन्न परिवारको पहिलो चरणमा बीमा गरेकामा एक निजी बीमा कम्पनीसँग सम्झौता भइसकेको र शुक्रबारबाट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दिाले वन्यजन्तुका कारण जनधनको क्षति व्यहोर्दै आएका छन् ।रासस

merokhabarsathi

Read Previous

कालापानी सीमा विवादबारे सर्बोच्चद्वारा लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश

Read Next

जबरजस्ती करणीको आरोपमा नेकपा र कांग्रेसका दुई नेता जेल चलान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram