Breaking News :

उपनिर्वाचनमा निगरानी राख्न नेपाली कांग्रेसको उपसमिति गठन

चितवनको उपनिर्वाचनमा निगरानी राख्न नेपाली कांग्रेसको केन्द्रीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले उपसमिति गठन गरेको छ ।

चितवनका पार्टी सचिव उत्तम जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन तथा निर्वाचन कार्यालय समन्वय उपसमिति गठन गरेको छ । सदस्यहरुमा डमोक्रोटिक अफ लयर्स एशोसियसन (डिएलए) चितवनका अध्यक्ष विष्णुप्रसाद अर्याल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल रहेका छन् ।

उपसमितिको बिहीबार बसेको बैठकले दुई जना समितिमा थप गरेको छ । पार्टी प्रवक्ता नीता ढकाल, जिल्ला सदस्य केशव महर्जन छन् । संयोजक जोशीले उपनिर्वाचनका सिलसिलामा हुने आचारसंहिता उल्लंघन, धाँदलीका सवालबारे उपसमितिले स्थलगत प्रतिवेदन तयार पार्ने बताए । उनले पार्टीले उठाएका उम्मेदवारको पक्षमा भएका काम, चुनावी प्रचारप्रसार, पार्टीको सक्रियतालगायतका विषयमा केन्द्रलाई प्रतिवेदन बुझाउने बताए । रमेश लेखक संयोजक रहेको केन्द्रीय समितिले उपसमिति गठन गरेको हो ।

merokhabarsathi

Read Previous

धेरै कानुन व्यवसायीका कारण आलमको बहस लम्बियो

Read Next

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच सीमा सुरक्षाबारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram