Breaking News :

६ जना बालबालिकाको ज्यान लिने चितुवालाई तनहुँ बाट चितवन ल्याइयो

तनहुँ जिल्लाको भानु नगरपालिकाबाट नियन्त्रणमा लिइएको चितुवा चितवनमा ल्याइएको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले मान्छेलाई आक्रमण गर्ने क्रम बढेका कारण त्यस क्षेत्रमा रहेका चितुवालाई नियन्त्रणमा लिन थालिएको हो ।

भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको ज्यान गइसकेको छ। यो क्षेत्रबाट नियन्त्रणमा लिइएको यो तेस्रो चितुवा हो । अझै केही चितुवा नियन्त्रणमा लिइने विज्ञहरुले बताएका छन् ।चितुवालाई चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ ।

सौराहा ल्याइएको चितुवालाई जंगलमा छोड्न मिल्ने अवस्था नभएकोले कुनै चिडियाघरमा पठाउने तयारी भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।३५ किलोको वयस्क पोथी चितुवाको स्वास्थ्य परीक्षण गरी केजमा राखिएको छ ।

merokhabarsathi

Read Previous

माडीमा विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ

Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई डेजी स्कुलको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram