भारतले जारि गरेको नयाँ नक्साको बिरोधमा नेवि संघ चितवनको प्रदर्शन

भारतले जारी गरेको नयाँ नक्साको बिरोधमा नेपाल विद्यार्थी संघ चितवनले प्रदर्शन गरेका छन् । भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा लगाएतका क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको बिरोधमा आज (मंगलबार) नेविसंघ सप्तगण्डकी बहुमुखी क्याम्पस र नेविसंघ मैयादेवी कन्या कलेज भरतपुर ले प्रदर्शन गरेको हो ।

प्रदर्शनकै क्रममा नेविसंघल चितवनले नेपाली भूमी समावेश गर्दै भारतले सार्वजनिक गरेको नयाँ नक्सा जलाएका छन् । भारतले नेपाली सीमा अतिक्रमण गरेको भन्दै उनिहरुले नयाँ नक्सा जलाएका हुन् । उनिहरुले ‘भारतिय हस्तक्षेप वन्द गर’, ‘लिपुलेख हाम्रो हो’, ‘सिमा मिच्न पाईदैन’, ‘गो व्याक ईण्डिया’, ‘हाम्रो देश हाम्रो माटो प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।

भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको बिरोधमा नेविसंघल चितवनले बिरोध र्‍याली सेमत निकालेको थियो । भरतपुरको सप्तगण्डकी र मैयादेवि कन्या कलेजवाट निकालिएको विरोध र्याली चौविसकोठीमा पुगी कोण सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको ज्याजति अन्तय नभए सडक संघर्ष गर्न तयार रहेको वताएका छन् ।

merokhabarsathi

Read Previous

सीमा विवाद : वार्तामार्फत समाधान गर्न भारत सकारात्मक

Read Next

रौतहटको एक प्रहरी चौकीमा वम विस्फोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram