चितवन प्रहरीद्वारा १२ लाख बराबरको अबैध पटका नष्ट

चाडपर्वको समयमा चितवन भित्रिएका १२ लाख बराबरको अबैध पटका आज (सोमबार) नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनले दसैं, तिहार र छठको समयमा अबैध रुपमा नेपाल भित्रिएका पटका नष्ट गरेको हो ।

भारतबाट लुकाई छिपाई नेपाल भित्र्याईएको पटका,भूईचम्पा,आतासबाजि जस्ता प्रज्वलनसिल बस्तुहरुलाई खाल्डोमा पुरेर नष्ट गरिएको हो ।प्रहरी, पत्रकार र स्थानियको रोहबरमा आज प्रहरी पेरिसरमा ति पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले जानकारी दिए ।

चाडपर्वको समय प्रहरीले बिभिन्न ठाउँबाट ति पटाकाहरु बरामद गरेका थिए । यस बर्ष चाडपर्वलाई शान्तीपूर्ण बनाउन चितवन प्रहरीले बिशेष सुरक्षा योजना ल्याएको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा ७९ बिघामा लगाईएको अबैध गाँजा फडानी

Read Next

ठगी प्रकरणमा ‘अघोरी बाबा’ पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram