Breaking News :

चितवनमा ७९ बिघामा लगाईएको अबैध गाँजा फडानी

चितवनका पहाडी भेगमा ७९ बिघामा लगाईएको अबैध गाँजा फडानी गरिएको छ । ईलाका प्रहारी कार्यालय रत्ननगर टाडी र टोलीले गाँजा फडानी गरेको हो।

नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोलीले ४ दिन लगाएर ७९ बिघामा लगाईको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । कार्तिक २१ गते राप्तीनगरपालिका १२ ठकुरी भञ्ज्याङमा लगाईएको ८ बिघा गाँजा फडानी गरिएको उनले जानकारी दिए । यस्तै २२ गते राप्तीकै कालिखोलामा २५ बिघा जग्गामा लगाईएको गाँजा फडानी गरिएको उनले बताए ।

कार्तिक २३ गते कालीखोला धावनगिरीमा १६ बिघा तथा २४ गते च्युदी तापन कालीखोला र धावनगिरीमा ३० बिघा जग्गामा लगाईएको गाँजा फडानी गरिएको गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पछील्लो समय अभियान चलाएर अबैध गाँजा फडानी गर्न लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए।

merokhabarsathi

Read Previous

नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ

Read Next

चितवन प्रहरीद्वारा १२ लाख बराबरको अबैध पटका नष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram