Breaking News :

बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित

एजेन्सी । बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको बीबीसीले जनाएको छ । आँधीका कारण उक्त क्षेत्रका बन्दरगाह र विमानस्थलहरु समेत बन्द गराइएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेकी छिन् । उनले प्रभावितहरुको उद्धार र राहतमा सरकारले कुनै कमि नगर्ने बताएकी छिन् । आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सर्दै गएको र कमजोर हुने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।

१ सय २० देखि १ सय ५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रका सर्वसाधारणलााई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।

merokhabarsathi

Read Previous

पण्डितले अब जन्मदर्ता र नागरिकता हेरर मात्र विवाह गराउने, नहेरी गराए कारवाही

Read Next

लागूऔषध कारोबारमा दोषी वडाध्यक्ष १५ वर्षपछि पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram