अनावश्यक बखेडा झिकेर निहुँ नखोज्‍न भारतलाई पर्यटनमन्त्री भट्टराईको चेतावनी

भारतले सार्वजनिक गरेको नयाँ नक्सा र नेपाल-भारत सीमा विवादबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतले अनावश्यक बखेडा झिकेर निहुँ खोजेको बताएका छन्। साथै भट्टराईले अनावश्यक बखेडा झिकेर निहुँ नखोज्‍न समेत चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘लिम्पियाधुराबाट उत्‍पति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाइबाट प्रष्ट छ। यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन। भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ। नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ।’

merokhabarsathi

Read Previous

सुनिल गिरीले गाए पहिलोपटक कौरा गीत[भिडियोसहित]

Read Next

प्रधानमन्त्री ओलीले दिए सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram