प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
आधुनिक तथा लोकपप गीत गाउदै आएका गायक सुनिल गिरीले पहिलो पटक ‘जाम क्यारे माया’ बोलको कौरा गीत गएका छन् । शुक्रवार गिरीले आफ्नै यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।
गीतमा मेलिना राई र सुनिल गिरीको स्वर रहेको छ। भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ । मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् । गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन् गीतमा मादल तथा खैंजडी खडक दाइको रहेको छ ।
श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतलाई प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो ।