Breaking News :

मुस्ताङमा हिउँ पर्न थाल्यो

उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ का वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए । चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई–तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ । चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् ।

चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौं, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् । घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।

merokhabarsathi

Read Previous

नेपाली भुमि अतिक्रमण गरिएको विरोधमा विद्यार्थी संगठनले भारतीय दूतावास घेराउ गर्नुको साथै नक्सा जलाए

Read Next

कालापानी विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय परामर्श बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram