प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
कांग्रेस नेता एवं सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस आज पनि जारी छ ।
हिजो आलमको जिल्ला अदालत रौतहटमा बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी तिन वटा मुद्दा दायर गरिएको थियो ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गरेका थिए ।