Breaking News :

भरतपुरमा स्कुटरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्‍यु, १ घाइते

भरतपुरको कल्याणपुरमा स्कुटरको ठक्करबाट गम्भिर घाइते भएका एक जनाको मृत्‍यु भएको छ । भरतपुर-५ कल्याणपुरमा पर्ने पञ्चरत्न टोलमा बिहीवार राती करिब ८:१० बजे स्कुटरले ठक्कर दिदा गम्भिर घाइते भएका अन्दाजी ४०/४५ बर्षका पुरुषको उपचारको क्रममा मृत्‍यु भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।

मृतको अहिले सम्म सनाखत हुन सकेको छैन । उनलाई भरतपुरबाट मंगलपुर तर्फ जादै गरेको ना ३६.प.९३२४ नम्बरको स्कुटरले गए राती ठक्कर दिएको थियो । सोही दुर्घटनामा परी स्कुटर चालक नवलपरासीको गैंडाकोट नगरपालिका १० भेडाबारी बस्ने २३ बर्षिय जनक कंडेल गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज (सीएमसी) मा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

प्रमुख ३ ठुला नदीमा पानीजहाज सञ्चालनको तयारी

Read Next

चितवनमा आजदेखि स्काउट क्याम्पोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram