Breaking News :

माडीमा राष्ट्रिय प्रस्तर मुर्ती कार्यशाला हुने

माडी नगरपालिका ५ मा रहेको एतिहासिक तथा धार्मिक स्थल सोमेश्वरगढीमा माडी राष्ट्रिय प्रस्तर मुर्ती कार्यशाला हुने भएको छ । आउदो कार्तिक २३ गते देखि प्रस्तर मुर्ती कार्यशाला गर्न लागेको हो ।

१८ दिन सम्म लगातार नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त कलाकारहरुले सोमेश्वरगढी क्षेत्रमा प्रस्तर मुर्ती निर्माण गर्ने माडी नगरपालिकाकि उपमेयर ताराकुमारी काजी महत्तोले जानकारी दिनुभयो। कार्यशाला सम्पन्न गर्नको लागि १९ सदस्यीय मुल आयोजक समिती निर्माण गरेको बताउदै महत्तोले यसका लागि २५ लाख रकम बिनियोजन गरिएको बताउनुभयो । गढी क्षेत्रको महत्वलाइ थप उचाई दिदै भविष्यमा एउटा अनुसन्धानको केन्द्र बन्ने माडी नगरपालिका पर्यटन बिकास समितीका संयोजक पुरन महत्तोले जानकारी दिनुभयो ।

गढिलाइ नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सुचिमा सुचिकृत गर्नुलाइ खुसिको कुरा भएको बताउदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले यो क्षेत्र नेपाल भारत द्विपक्षीय पर्यटन प्रबर्द्धनको केन्द्र बन्नेमा आशा व्यक्त गर्नुभयो

। नगरपालिकाले गढी क्षेत्रमा गोल पार्क निर्माण, शालिग्राम पार्क,सुचना केन्द्र निर्माण,आवास,शुद्ध पिउने पानी,शौचालय लगायतको ब्यवस्था गरि सोमेश्वर भ्रमण गर्न आउने पर्यटकलाई सुविधायुक्त भ्रमण गराउन द्रुत गति मा काम अघि बढेको माडी नगरपालिका ५ का वडा अध्यक्ष रामबन्धु पोख्रेलले बताउनुभयो ।अहिले थप ३ किलोमीटर नयाँ सडक निर्माण गरिएको बताउदै पोख्रेलले २ घण्टा ३० मिनेटको बाटो ३० मिनेटमा छोट्याएको जानकारी दिनुभयो।

merokhabarsathi

Read Previous

माडीको छरछरेमा भोलि एकादशी मेला

Read Next

आज हरिबोधिनी एकादशी पर्व, तुलसी को विवाह गरि मनाइदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram